Saturday, January 18, 2025
Home > मुख्य समाचार > सरकार संविधान विरोधी कार्य गर्न उद्धत रहेको कांग्रेसको आरोप

सरकार संविधान विरोधी कार्य गर्न उद्धत रहेको कांग्रेसको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुई तिहाईको बलमा सरकार संविधान विरोधी कार्य गर्न उद्धत रहेको आरोप लगाएको छ ।

संघीय संसदको चौथो अधिवेशन अन्त्य हुदै गर्दा प्रतिनिधिसभाको आजको तेश्रो बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले एक पछि अर्को गर्दै सरकार संविधान विरोध कार्य गर्न उद्धत रहेको आरोप लगाउनुभएको हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति पृथकिकरण तथा शक्ति सन्तुलनको संबैधानिक व्यवस्था विपरित सरकारले न्यायपालिका माथि हस्तक्षेप गर्ने र व्यवस्थापिका संसदलाई खेलौना बनाउने काम गरेको दाबी उहाँले गर्नुभयो ।  उहाँले संघीय संरचना अनुसार तीनै निकायमा अधिकार बाँडफाँड गर्नुको सट्टा सरकार अधिकारको दुरुपयोग गर्दे संघीय सरकारको शक्तिलाई सर्वशक्तिमान बनाउने काममा लागेको आरोप लगाउनुभयो । उहाँले संविधानको भावना विपरित सरकारका सबै गलत क्रियाकलाप विरुद्धमा नेपाली कांग्रेसले संसदमा कडा प्रतिवाद गर्ने चेतावनी दिनुभयो । उहाँले संविधान विपरित सरकारले संचार जगतलाई नियन्त्रण गर्ने , राजनीतिक आस्थाको आधारमा सरकारी संचारमाध्यममा कार्यरतलाई हटाउने लगायत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने काम गरेको टिप्पणी गर्नुभयो । सरकार गठनको डेढ बर्ष पुग्दा सम्म संविधानको सर्वस्वीकार्यता कायम गर्दै संविधानको मर्म र भावना अनुरुप संघीयता कार्यान्वयनको बाँकी कार्यभार पुरा गर्न असफल हुनु अन्त्यन्तै दुखद पक्ष भएको टिप्पणी उहाँले गर्नुभयो । वाईडवडी, न्यारो वडी, सुनकाण्ड, बालुवाटार जग्गा प्रकरण लगायतले सबै भन्दा ठूलो भ्रष्टाचारका घटना वर्तमान सरकारको समयमा भएको पुष्टीभएको भन्दै उहाँले सम्पुर्ण राज्य संरचना नै भ्रष्टिकरण उन्मुख भएको दाबी गर्नुभयो । देउवाले सरकारको आर्थिक सम्मृद्धिको नारा कोरा मात्रै भएको टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *