Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > सरकार नेपालमा कम्युनिष्ट सत्ता निर्माणमा लागेको आरोप

सरकार नेपालमा कम्युनिष्ट सत्ता निर्माणमा लागेको आरोप

नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकार नेपालमा कम्युनिष्ट सत्ता निर्माणमा लागेको आरोप लगाएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले बडा दशै, दीपावली, छठ एवं नेपाल सम्बत्का अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले कम्युनिष्ट सत्ता निर्माण गर्ने सरकारको कार्यशैलीको प्रतिकारका लागि एकजुट हुन पनि आव्हान गरे । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार बहुमतको आधारमा आफूलाई कम्युनिष्टीकरण गर्ने कोशिसमा लागेकाले त्यसतर्फ कांग्रेस संवेदनशील बन्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

नेता शेखर कोइरालाले वर्तमान अवस्थामा लोकतन्त्र कमजोर अवस्थामा रहेको र सत्ता कब्जा गर्ने नियतले सरकार अघि बढेको बताउनुभयो । राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान, सम्पत्ति सुद्धिकरण लगायत संरकारका अंगहरुलाई प्रधानमन्त्रीले आफुमात ल्याएर सर्वसत्तावादतर्फ उन्मुख भएको उल्लेख गर्नुभयो । त्यसैगरी सचेतक पुष्पा भुसालले नेपाली कांग्रेस कम्युनिष्टभन्दा फरक हो भन्ने मान्यता स्थापित गर्नका लागि प्रजातन्त्र संरक्षणको दायित्वबोधका सबै प्रजातन्त्रका पक्षधरहरु एकठाउमा उभिनुपर्ने बताउनुभयो । युवानेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टीको सरकार सरकारको भर्याङ चढेर नेपालमा कम्युनिष्ट सत्ताको निर्माण गर्न उद्दत रहेको बताउनुभयो ।

उहाँले नेपालमा कम्युनिष्टको सत्ता निर्माण गर्ने कुरालाई कांंग्रेसले स्वीकार गर्न नसक्ने भन्दै प्रतिकारका लागि तयारी अवस्थामा रहन सबैलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *