Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरि लागूऔषध ल्याउने पक्राउ

सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरि लागूऔषध ल्याउने पक्राउ

सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरि अवैध रूपमा लागूऔषध ल्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका– १५ भन्सार कार्यालयको १ नं.ढाटबाट लागूऔषधसहित सरकारी मोटरसाइकलमा लागूऔषध ल्याउने सप्तरी राजबिराज नगरपालिका– २ राजदेब टोलका २६ वर्षिय कपिल यादबलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका यादवले स १ ब १४१० नम्बरको सरकारी नम्बर प्लेट भएको मोटरसाईकल प्रयोग गरि लागूऔषध ल्याउने क्रममा लागुऔषध नियन्त्रण व्यूरो विराटनगरको विशेष टोलिले पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । यादवले लागूऔषध ल्याउन प्रयोग गरिएको मोटसाइकल डिभिजन वन कार्यालय उदयपुरको रहेको बुझिएको छ । कपिलका बावु सत्यनारयण यादव डिभिजन वन कार्यालय उदयपुरका अधिकृत हुन् । वावुले प्रयोग गर्ने सरकारी नम्बर प्लेटका मोटसाइकल लिएर आइतबार कपिल जोगवनी आएका थिए । लागूऔषध लिएर गन्तब्यतर्फ फर्किने क्रममा प्रहरीले चेकजाचको क्रममा यादबलाई पक्राउ गरिएको हो । कम्मर पेटीको लाईनमा लुकाई छिपाई ल्याएको अवैध लागूऔषध यादवको साथबाट प्रहरीले बरामद गरेको हो । प्रहरीले उनको साथबाट विभिन्न प्रकारका अवैध लागूऔषध बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *