Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको मन्त्री बाँस्कोटाको भनाइ

सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको मन्त्री बाँस्कोटाको भनाइ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको  बताउनुभएको छ ।

मन्त्री बास्कोटाले विद्युतीय प्रविधिको प्रयोगबाट सरकारले स्मार्ट सिटी निर्माणको कामलाई पनि अघि बढाएको स्पष्ट पार्नुभयो । ग्लोबल इन्टरप्राईज टेक्नोलोजी फोरुमले आज काठमाडांैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सूचना प्रविधिको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई योजनावद्ध ढंगले अघि बढाएको पनि स्मरण गराउनुभयो । उहाँले विद्युतीय प्रविधिको प्रयोगबाट सबै स्थानीय तहमा आर्थिक कारोबारको अभिलेख राख्ने प्रविधिको विकासमा पनि सरकारले आवश्यक पहल गरिरहेको बताउनुभयो ।

मन्त्री बास्कोटाले विज्ञान र प्रविधिको विकासबाटै मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *