Saturday, January 18, 2025
Home > आर्थिक समाचार > सरकारले लगाएको करका कारण उद्योग व्यवसायी धराशयी भएको गुनासो

सरकारले लगाएको करका कारण उद्योग व्यवसायी धराशयी भएको गुनासो

विराटनगर, २७ पुष । विराटनगरका उद्योगी व्यापारीहरुले सरकारले लगाएको करका कारण उद्योग व्यवसायी धराशयी भएको गुनासो गरेका छन् ।

आज उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो गुनासो गरेका हुन । कार्यक्रममा बोल्दै मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडा र उद्योग संगठन मोरङका पूर्व अध्यक्ष शिवशंकर अग्रवाल लगायतले करका कारण संघीयता नै असफल हुने सम्भावना रहेको बताउनु भयो । तीन तहको सरकारले लगाएको करका कारण उद्योग व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको उनीहरुको भनाई थियो । कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले संविधान मै तीन तहको सरकारलाई कर उठाउने अधिकार दिएको भन्दै करको दर र क्षेत्र भने फरक फरक रहेको बताउनु भयो । उहाँले स्थानीय तहमा करमा केही विवाद भने रहेको स्वीकार गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकार उद्योगी, व्यापारी मैत्री नीति लिएर अगाडि बढेको बताउनु भयो । उहाले स्वदेशी उद्योगहरुको विकास र विस्तार गर्न सरकार लागि परेको बताउनु भयो ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले औद्योगिक तथा व्यवसायी प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका र स्थानीय आर्थिक ऐनले पारेको प्रभावका बिषयमा उठाइएको टिप्पणी सहितको कार्यपत्र संघीय मन्त्री र प्रदेश मन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *