Saturday, January 18, 2025
Home > आर्थिक समाचार > सरकारले ‘रोजगार सूचना प्रणाली’ स्थापना गर्ने तयारी

सरकारले ‘रोजगार सूचना प्रणाली’ स्थापना गर्ने तयारी

काठमाडौं । सरकारले ‘रोजगार सूचना प्रणाली’ स्थापना गर्ने तयारी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले हरेक नागरिकलाई रोजगारसम्बन्धी सबै जानकारी सहज ढंगले उपलब्ध गराउने उद्देश्यका साथ सरकारले रोजगार सूचना प्रणाली स्थापना गर्ने तयारी गरेको जानकारी गराउनु भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले सो सूचना प्रणालीमा शिक्षा, सेवा, औद्योगिक उत्पादन, अस्पताललगायतका क्षेत्रमा रोजगारीको अवसर कति छ ? भन्ने तथ्यांकसमेत समावेश गरिने योजना पनि अघि सार्नुभयो । मन्त्री विष्टले बेरोजगारलाई निर्वाह भत्ता दिने नीतिगत निर्णय गरेपछि सरकारले त्यसलाई कार्यान्वयनमा लैजान सूचना प्रणालीको पनि विकास गर्न लागिएको बताउनुभयो । मन्त्री विष्टले रोजगारीको अवसर नपाएकाहरुलाई जीवन निर्वाहका लागि बेरोजगार भत्ता दिने निर्णय गर्नुपरेको पनि बताउनुभयो । उहाँले गरिब जनतालाई लक्षित गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन प्रदेश र स्थानीय तहलाई पनि आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *