Saturday, January 18, 2025
Home > मुख्य समाचार > सरकारले भ्रमण वर्ष–२०२० को शुभारम्भ ५० औं हजार जनसमुदायको बीचमा गर्ने

सरकारले भ्रमण वर्ष–२०२० को शुभारम्भ ५० औं हजार जनसमुदायको बीचमा गर्ने

सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ ५० औं हजार जनसमुदायको बीचमा गर्ने घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले आगामी जनवरी १ का दिन काठमाडौंमा ५० औं हजार जनसमुदायबीच सो भ्रमण वर्षको शुभारम्भ गर्ने घोषणा गर्नुभएको हो । सो भ्रमण वर्षलाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न सातवटै प्रदेशमा पनि सो भ्रमण वर्षको शुभारम्भमा भव्य कार्यक्रम आयोजना गर्नेगरी तयारी भईरहेको पनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० वटा मुलुकका पर्यटनमन्त्रीहरु सहभागी हुनेछन् । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दे मन्त्री भट्टराईले नेपालमा आउने पर्यटकहरुको संख्यालाई हेरेर सो भ्रमण वर्षको शुभारम्भ गर्न करिब ४० देशका पर्यटन मन्त्रीहरुलाई नियन्त्रणा गरिएको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन आवश्यक तयारीको काममा सरकार केन्द्रित रहेको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *