Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > सरकारले जनताको सुःखसहितको समृद्धि चाहेको प्रधानमन्त्री ओलीको भनाइ

सरकारले जनताको सुःखसहितको समृद्धि चाहेको प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको सुःखसहितको समृद्धि चाहेको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ नेपाली जनताको साझा सपना भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सरकार क्रियाशील रहेको दावी पनि गर्नु भयो । उहाँले दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धि र त्यहाँका जनताले सुःख पाएको हेर्न नेपाल आतुर रहेको पनि बताउनु भयो । आज ‘सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रि’का पदाधिकारीहरुसँग आफ्नै सरकारी निवास बालुवाटारमा भएको सामूहिक भेटमा उहाँले नेपाल र दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धिका लागि त्यहाँको युवा जनशक्तिलाई परिचालन गर्नुपर्ने प्रस्ताव पनि अघि सार्नु भयो ।
प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न बैदेशिक लगानीकर्ताहरुलाई पुनः आह्वान पनि गर्नु भयो । उहाँले नेपालमा लगानी गरे त्यसको प्रतिफलको ग्यारेन्टी सरकारले गर्ने पनि बताउनु भयो । निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने सरकारको योजना रहेको पनि प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले नेपालमा लगानीका लागि आवश्यक सबै वातावरण बनेको दावी पनि गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *