Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > सरकारलाई मुल नारा परिर्वतन गर्न गगन थापाको सुझाव

सरकारलाई मुल नारा परिर्वतन गर्न गगन थापाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई मुल नारा परिर्वतन गर्न सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै सांसद थापाले सम्मृद्ध नेपाल सुखी नेपालीको नारा परिर्वतन गरेर सम्मृद्ध दमक सुखी केपी ओली भन्ने नारा राख्न सुझाव दिनुभएको हो । प्रधानमन्त्रीको लेटरप्याड प्रयोग गरि आफ्नो निर्वाचन क्षेत्रको लागि सिफारिस गरिएका योजनाहरुको फेहरिस्तका सन्र्दभमा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । उहाँले सरकारको नीति तथा कार्यक्रम अलमलिएको निबन्ध जस्तो भएको टिप्पणी गर्नुभयो । महत्वाकांक्षा विहिन, अभिलाशा सुन्य सपना रहित नीति तथा कार्यक्रमले सरकारले सपना देख्ने क्षमता पनि राखेको छैन भन्ने देखाएको उहाँको तर्क थियो । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अख्तियार, मानवअधिकारआयोग लगायत संबैधानिक निकायलाई पेल्ने काम गरेको सरकारले एक बर्षमा कुनै पनि उपलब्धि हासिल गर्न नसकेर आत्मप्रसंम्सामा मात्रै अल्झिएको टिप्पणी गर्नुभयो । उहाँले गत बर्ष ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने दाबी गरिएपनि त्यो लक्ष्य पुरा हुन नसक्नुको कारण विश्लेषण नगरिएको, पूँजीगत खर्च गर्न नसकेको तथा आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बिमाको बारेमा नै सरकार स्पष्ट हुन नसकेको दाबी गर्नुभयो । नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको सरकारको उपलब्धिलाई उहाँले सरकारको आत्मप्रसंम्सा मात्रै भएको टिप्पणी गर्नुभयो । आत्मप्रसंम्साका ४० बुँदा यथार्थ र तथ्यपरक भन्दा कपटपुर्ण, झुटा र भ्रामक भएको दाबी उहाँले गर्नुभयो । सरकारले राष्ट्रपतिलाई उक्साएर विवादमा ल्याउने काम गरेको भन्दै नीति तथा कार्यक्रम सम्बोधनका क्रममा प्रयोग गरिएको मेरो सरकार प्रति पनि उहाँले गम्भीर आपत्ती जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *