Saturday, January 18, 2025
Home > मुख्य समाचार > सरकारलाई प्रेस स्वतन्त्रता प्रत्याभुति गर्न सांसदहरुको खवरदारी

सरकारलाई प्रेस स्वतन्त्रता प्रत्याभुति गर्न सांसदहरुको खवरदारी

काठमाडौं । सांसदहरुले सरकारलाई प्रेस स्वतन्त्रता प्रत्याभुति गर्न खवरदारी गरेका छन् ।

नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकका सम्बन्धमा आज गरेको अन्तरक्रियामा सहभागी सांसदहरुले प्रेससंग सम्बन्धीत निकायलाई स्वायक्तता प्रदान गरि प्रेस स्वतन्त्रताको प्रत्याभुति गर्ने गरि सरकारले कानुन बनाउनुपर्ने धारणा राखेका हुन् । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले संविधान र अन्तराष्ट्रिय मूल्य मान्यता विपरित सरकारले कलम चलाए वापत प्रेस जगतलाई दण्ड गर्ने नियतले मिडिया काउन्सिल विधेयक ल्याएको टिप्पणी गर्नुभयो ।  राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधानमा व्यवस्था गरे बमोजिम सरकारले प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्नुपर्ने बताउनुभयो । राज्य नियन्त्रित मिडिया काउन्सिलले स्वतन्त्र प्रेसको प्रत्याभुति गर्न नसक्ने भएकाले स्वायक्त निकायको रुपमा स्थापित गर्नुपर्ने उहाँको धारणा थियो । नेकपाका राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले सरकारले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने काम नगर्न आग्रह गर्नुभयोे । कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानको मर्म विपरित पुरै मिडियालाई नियन्त्रण गर्ने ढंगले विधेयक आएको भन्दै आवश्यक संसोधन राखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।

प्रेसलाई अंकुश लगाउने गरि सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको विरोधमा आन्दोलनरत पत्रकार महासंघले आज सांसदहरुसंग अन्तरयक्रिया गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *