Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > सरकारलाई नेता नेपालको यस्तो सुझाव

सरकारलाई नेता नेपालको यस्तो सुझाव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएर अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउन सरकारलाई सुझाव दिनु भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ नेता नेपालले मुलुकको आर्थिक समृद्धि र विकास नै अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउने मूल कसी भएकाले त्यसैमा केन्द्रित भएर अघि बढन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण अत्यन्त सफल भएको उल्लेख गर्दै छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई बलियो बनाई राख्न सबै राजनीतिक दलहरुबीच समान धारणा बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले ‘सम्मानका साथ बाँच र बाँच्न देऊ’ भन्ने नीतिनै नेपालको परराष्ट्र नीति रहेको पनि स्पष्ट पार्नु भयो ।  कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण अत्यन्तै सकारात्मक भएको उल्लेख गर्दै यसले नेपालको विकास र समृद्धिको अभियानमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नु भयो । समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहनु भएका उहाँले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई विकास गरेर मुलुकलाई अघि बढाउन पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले आधार तय गरि दिएको पनि बताउनु भयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले नेपाललाई एक दशक अघि बढाउने गरी उपलब्धि हासिल गराएको दावी गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *