Thursday, November 21, 2024
Home > राष्ट्रिय समाचार > सरकारप्रति जनतामा बितृष्णा बढेको गच्छदारको भनाई

सरकारप्रति जनतामा बितृष्णा बढेको गच्छदारको भनाई

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारप्रति जनतामा बितृष्णा बढेको बताउनुभएको छ ।
उहाँले विभिन्न समयमा देशभरि देखिएको असन्तृष्टि मुलुकको राज्य ब्यवस्थाप्रति नभई सरकारप्रति भएको दाबी गर्नुभयो । सुनसरीको इनरुवामा आयोजित काँग्रेसको दोश्रो चरणको जनजागरण अभियानमा सहभागि हुन विराटनगर आउनुभएका गच्छदारले विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्नुहुंदै वर्तमान सरकारले जनअपेक्षा र संबिधानअनुसार काम गर्न नसकेका कारण जनतामा नैराश्यता छाएको दाबी गर्नुभयो । उपसभापति गच्छदारले आफ्नो कमि कमजोरी लुकाउन राज्य ब्यवस्थाप्रति षडयन्त्र भइरहेको भनेर सरकारले नै प्रचार–प्रसार गरेको आरोपसमेत लगाउनुभयो ।
उपसभापति गच्छदारले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र संघीयता स्थापित भइसकेकाले राज्य ब्यवस्था परिवर्तन हुने कुरा कल्पनासमेत गर्न नसकिने बताउनुभयो । संवाददाताहरुले राखेको प्रश्नको जवाफ दिनुहुंदै गच्छदारले आफूले नेपाली काँग्रेस छाडेर जाने वा अरु नै पार्टी खोल्ने कुरा भ्रामक र कपोलकल्पित भएको बताउनुभयो । उहाँले काँग्रेस र तत्कालिन फोरम लोकतान्त्रीकबीच भएको सहमतिअनुसार जिल्ला, प्रदेश र केन्द्रमा नेता तथा कार्यकर्तालाई सहभागी गराउने छलफल चलिरहेको र त्यो विषय चाँडै टुंगिने दाबीसमेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *