Saturday, January 18, 2025
Home > खेलकुद समाचार > सरकारद्धारा फुटबल, क्रिकेट र शारीरिक सुगठनका विजेता खेलाडीहरुलाई नगदसहित सम्मान

सरकारद्धारा फुटबल, क्रिकेट र शारीरिक सुगठनका विजेता खेलाडीहरुलाई नगदसहित सम्मान

काठमाडौं । सरकारले फुटबल, क्रिकेट र शारीरिक सुगठनका विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले आज सिंहदरबारमा एक कार्यक्रमका बीच युएईविरुद्धको एक दिवसीय र टि–२० सिरिजमा विजेता क्रिकेट खेलाडी, १२ औं सागमा स्वर्णपदक विजेता फुटबल खेलाडी र विश्व शारीरीक सुगठनका स्वर्णपदक विजेता खेलाडी महेश्वर महर्जनलाई नगदसहित सम्मान गरेको हो । जसअनुसार युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले नेपाली क्रिकेट टिमका विजेता खेलाडीहरुलाई जनही ५ लाख नगदसहित सम्मान गर्नुभयो । क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी नगद ५ लाखसहित सम्मान हुनुभएको हो । त्यसैगरी क्रिकेटकै पवन सर्राफ, सन्दिप जोरा, भीम सार्की, प्रदिप ऐरी, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, ललितनारायण राजवंशी, अविनाश बोहरा, आरिफ शेख र रोहित कुमार पौडेललाई पनि नगद ५ लाखसहित सम्मान गरिएको छ । कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान पारख खड्काले सरकारले सो सम्मानबाट आफूहरुलाई झनै उत्साही बनाएको बताउनुभयो । उहाँले त्यस अवसर अझै राम्रो खेल खेलेर नेपालको मान, सम्मान विश्वमा अझै उचाईमा पु¥याउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

सरकारले सन् २०१६ मा भारतमा सम्पन्न भएको १२ औं साग खेलकुद प्रतियोगितामा फुटवलतर्फ स्वर्णपदक हात पार्न सफल नेपाली फुटबल टिमका खेलाडीहरुलाई पनि जनही ३ लाखका दरले पुरस्कार दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *