Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > सरकारको नेतृत्वबारे नेता नेपाल यसो भन्छन्

सरकारको नेतृत्वबारे नेता नेपाल यसो भन्छन्

नेकपाका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आलोपालो सरकार चलाउने केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिबारे पार्टीको बैठकमा एजेण्डा बनेर आएपछि छलफल गरिने बताउनुभएको छ ।

विराटनगरमा आज संचारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले ओली र दाहालबीचको सहमति औपचारिक रुपमा पार्टीलाई जानकारी नै नभएको बताउनुभयो । उहाँले बैठकमा विषय प्रवेश गरेपछि मात्र यसबारे छलफल हुने जानकारी दिनुभयो । नेता नेपालले सरकारले जनताको अपेक्षाअनुसार आफ्नो कामलाई तिव्रता दिनुपर्ने बताउनुभयो । उहाँले सरकारप्रतिको जनताको अपेक्षालाई मुर्तरुप दिन आवश्यक सबै कदम चाल्नुपर्ने बताउनु भयो । उहाँले सरकारको कामप्रति सबैतिरबाट प्रश्न उठ्न थालेकोले कानुन संशोधन र राम्रो कामको निरन्तरता आवश्यक रहेको बताउदै दण्डहिनता र अराजकता अन्त्यका लागि सरकारले कडा कदम चाल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेता नेपालले नेपालमा नेकपा विचारधारा नै लागू हुने स्पष्ट पार्दै चीनले सि विचारधारा लागू गराउन नखोजेको जिकिर गर्नुभयो । नेता नेपालले शान्ति प्रक्रियालाई छिटो टुङ्ग्याउनु पर्ने बताउदै राजनैतिक अस्थिरता र संक्रमणकालका कारण रोकिएको सत्य र निरुपण तथा वेपत्ता छानबिन कार्य बारे चाडै निर्णय लिनुपर्ने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *