Saturday, January 18, 2025
Home > मुख्य समाचार > सरकारको निर्णय नमान्ने मेडिकल संचालकहरुलाई कारबाही गरिने, शिक्षामन्त्रीको १५ दिनको अल्टिमेटम

सरकारको निर्णय नमान्ने मेडिकल संचालकहरुलाई कारबाही गरिने, शिक्षामन्त्रीको १५ दिनको अल्टिमेटम

नेपाल सरकारको निर्णय नमान्ने मेडिकल संचालकहरुलाई कारबाही गर्ने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दै मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको बताउनु भयो । आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय निर्णय भएको बताउनु भयो । यस बारे शिक्षा मन्त्रालयले गृहमन्त्रालयलाई आज पत्र लेखेर जानकारी दिने पनि बताउनु भयो ।

मन्त्रालयले त्रिभुवन विश्वविद्यालय,काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको हो । निजी मेडिकल कलेज सञ्चालकहरुले भने सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै सरकारलाई तालाचाबी बुझाउने भन्दै धम्कि दिदै आएका छन् । पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले अनसनरत डा गोबिन्द केसीलाई अनसन छोडेर कानून कार्यान्वयनमा सघाउन अनुरोध गर्नुभएको छ । डा. केसीको मागलाई सम्बोधन गर्दै सरकारले कार्यान्वयन गर्न सुरु गरेको मन्त्री पोखरेलले बताउनु भयो । अहिले देश सीमा बिबादमा अल्झिएर संवेदनशील भइरहेको अवस्थामा अनसन बसेर सरकारलाई अनावश्यक दबाब नदिन डा. केसीलाई आग्रह गर्नुभयो । डा. केसी विभिन्न माग राखी ८ दिन देखि डडेल्धुरामा अनसन बसिरहनु भएको छ । स्वास्थ्यमा समस्या देखिए पछि उहाँलाई अस्पताल भर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *