विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको एकवर्षे कार्यकाल सन्तोषजनक नरहेको बताउनु भएको छ ।
नेपाल प्रेस यूनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले सरकारको एकवर्षे कार्यकाल हेर्दा सुशासन, राजनीतिक, आर्थिक सबै क्षेत्रमा फितलो रहेको बताउनु भयो । उहाँले एकबर्षको सरकारको गतिविधि जनताले प्रत्यक्ष रुपमा अनुभूत गर्ने नभएको बताउनु भयो । यस्तै उहाँले चौतर्फी बम बिस्फोट, असुरक्षा, न्यायालयमाथिको हस्तक्षेप, अर्थतन्त्रको अवस्था हेर्दा सरकारको १ बर्षे कायकार्य उपलब्धी पूर्ण नभएको टिप्पणी गर्नुभयो । नेता सिटौलाले सरकार र आन्दोलनरत नेत्र विक्रम चन्द समूह बीचको काम गराईले जनता प्रताडित भएको बताउनु भयो । दुवैको गतिविधि जनता र देशको हित विपरित रहेको पनि उल्लेख गर्नुभयो । उहाँले विप्लप समूहलाई हिंसा त्याग्न आग्रह गर्दे संवाद र वार्ताबाट समस्याको निकास खोज्न आग्रह गर्नुभयो ।