Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने अभियानमा प्रतिवद्ध भएर लागि गरेको दावी

‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने अभियानमा प्रतिवद्ध भएर लागि गरेको दावी

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार मुलुकमा विद्यमान समस्याको समाधान गर्दै ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने अभियानमा प्रतिवद्ध भएर लागि गरेको दावी गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले गरेको उदाहरणीय कामलाई अघि बढाउदै लैजान वर्तमान सरकार अग्रसर भईरहेको पनि बताउनु भयो । नेपालका सर्वाधिक लोकप्रिय प्रधानमन्त्री एवम् बाम तथा प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा मनमोहन अधिकारीको २० औं स्मृति दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई समृद्ध बनाउने, नेपाल कम्युनिष्ट आन्दोलनलाई विजयको शिखरमा पुर्याउने मनमोहन अधिकारीको सपना अनुसारनै आफ्नो पार्टी अघि बढिरहेको दावी पनि गर्नु भयो ।

मनमोहन अधिकारी नेतृत्वको सरकारले गरेको वृद्ध भत्तालगायतका सामाजिक सुरक्षाको प्रबन्धलाई नेपालको इतिहासमै सबैभन्दा उदाहरणीय कामको रुपमा लिने गरिन्छ । प्रधानमन्त्री ओलीले मनमोहन अधिकारी नेतृत्वको सरकारले मुलुकको शान्ति सुरक्षा, परराष्ट्र सम्बन्ध, सामाजिक न्याय र समानताको पक्षमा खेलेको भूमिका पनि उल्लेखनीय रहेको बताउनु भयो ।२०५१ सालमा जनताबाट निर्वाचित पहिलो कम्युनिष्ट पार्टी नेतृत्वको सरकार बनाउन सफल मनमोहन अधिकारीको नौं महिने कार्यकाललाई नेपालको इतिहासमै सर्वाधिक लोकप्रिय सरकारको कार्यकालको रुपमा लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *