Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाइने

समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाइने

विराटनगर, १८ पुष । प्रदेश एकका प्रहरी प्रमुख केदार रिजालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनुभएको छ ।

सामुदायिक सेवा केन्द्र रानीले आज विराटनगर–१६ स्थित दुर्गा मन्दिर परिसरमा आयोजना गरेको विपन्न र असहायलाई न्यानो लुगा वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समुदाय र प्रहरीको सहकार्यले मात्र प्रभावकारीरुपले अपराध न्युनिकरण गर्नसकिने बताउनुहुंदै समुदाय र प्रहरीबीचको साझेदारीलाई बढाउन विगतदेखिनै विभिन्न कार्यक्रमहरु संचालन हुंदै आएको जानकारी दिनुभयो । प्रहरी नायब महानिरीक्षक रिजालले सिमावर्ती क्षेत्रमा हुने गरेको लागूऔषधको काराबोर र दुब्र्यसन न्युनिकरणमा समेत नागरीक प्रहरी साझेदारी प्रभावकारी देखिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विपन्न र असहायलाई न्यानो लुगा कम्बल वितरण गरिएको थियो । विराटनगरको वडानम्बर १५, १६ र १७ का ८६ जनालाई कम्मल वितरण गरिएको सामुदायिक सेवा केन्द्र रानीका सचिव अर्जुनकुमार क्षेत्रीले जानकारी दिनुभयो । कार्यक्रममा सहभागि डिआइजी रिजाल सहित, मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसी र जोगबनी नगर पञ्चायतका पूर्व उपप्रमुख नरेशप्रसाद लगायतले विपन्नलाई कम्बल हस्तान्तरण गर्नुभयो । विराटनगरस्थित समित सारडा प्रतिष्ठानको सहयोगमा कम्मल वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष किशोर सुब्बाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *