Saturday, January 18, 2025
Home > मुख्य समाचार > समायोजनमा नआउने कर्मचारीहरुलाई समायोजन प्रक्रिया सक्किए लगत्तै हटाउने चेतावनी

समायोजनमा नआउने कर्मचारीहरुलाई समायोजन प्रक्रिया सक्किए लगत्तै हटाउने चेतावनी

विराटनगर, २८ पुष । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनमा नआउने कर्मचारीहरुलाई समायोजन प्रक्रिया सक्किए लगतै हटाउने चेतावनी दिनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सन्चारकर्मीमाझ मन्त्री पण्डितले समायोजनमा नआउने कर्मचारीहरुलाई समायोजन प्रक्रिया सक्किए लगतै हटाउने सरकारले तयारी गरेको बताउनु भएको हो । उहाँले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई हटाउन आफुहरु बाध्य हुने बताउनु भयो । उहाँले कर्मचारी हटाइएपछि खाली हुने दरबन्दी पूर्तिका लागि लोकसेवा आयोगलाई छोटो प्रक्रियाबाट कर्मचारी पदपूर्ति गर्न दिइने जानकारी पनि दिनुभयो । उहाँले तीनै तहमा गरेर कुल १ लाख ३८ हजार कर्मचारीहरु आवश्यक रहेको र माघ २ गते पछि समायोजन प्रक्रियालाई प्रशोधन गर्न दुई तीन दिन लाग्ने जानकारी दिदै त्यसपछि २१ दिन भित्र सम्बन्धित ठाँउमा नजाने कर्मचारीलाई हटाउने स्पष्ट पार्नुभयो । मंत्री पण्डितले प्रदेश लोकसेवा आयोग सम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेश गरिएको जानकारी दिदै प्रदेश लोकसेवा आयोग गठन नभए सम्म संघीय लोकसेवा आयोगबाटै कर्मचारी पदपूर्ति गरिने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *