Saturday, January 18, 2025
Home > आर्थिक समाचार > सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्याउन ताकेता

सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्याउन ताकेता

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा पनि तत्काल बैंकको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई ताकेता गर्नु भएको छ ।

अर्थमन्त्री खतिवडाले १९ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन नसकेको उल्लेख गर्दै ती ठाउँहरुमा पनि तत्काल बैंकिङ सेवा संचालन गर्न नेपाल राष्ट्र बैंकलाई सचेत गराउनु भएको हो । मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा अधिक आर्थिक क्रियाकलाप हुन थालेकाले सबै स्थानीय तहमा बैंकिङ सेवा स्थापना गर्न ढिलाई गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाई छ । कामना सेवा विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा स्थापना गरेको केन्द्रिय कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले मुलुकमा संघीयता कार्यान्वयनको क्रममा स्थानीय तहहरुमा दू्रतगतिका साथ बैंकहरु स्थापना भएकोमा आफू सन्तुष्ट भएको पनि बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकको निर्देशनहरुको पूर्ण पालना गर्न सबै बैंक तथा वित्तिय संस्थालाई कडा निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *