Saturday, January 18, 2025
Home > मुख्य समाचार > सबै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्ने सरकारको घोषणा

सबै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्ने सरकारको घोषणा

काठमाडौं, १३ फागुन । सरकारले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाका लागि सबै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुका लागि ७ सय ५३ वटै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिनुभएको हो । त्यसमा उनीहरुको हेरचाह, विशेष खालको शिक्षालगायतका व्यवस्था गर्ने सरकारको नीति रहेकोे मन्त्री ज्ञवालीको भनाई छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मानसिक रुपमै अशक्त बालबालिकाहरुका लागि सरकारले भत्ताको व्यवस्था गर्ने नीति लिएको पनि बताउनुभयो । उहाँले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुलाई सहयोग गरिरहेका संस्थाहरुलाई सरकारले प्रोत्साहन गर्ने आश्वासन पनि दिनु भयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुका अभिभावकहरुलाई पनि आवश्यक आर्थिक सहायता गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *