Saturday, January 18, 2025
Home > आर्थिक समाचार > सबैले करदाता परिचयपत्र लिनुपर्ने मन्त्री खतिवडाको भनाइ

सबैले करदाता परिचयपत्र लिनुपर्ने मन्त्री खतिवडाको भनाइ

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले करदाता परिचयपत्र लिनुपर्ने बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सले आज राजधानीमा गरेको अन्तरक्रियामा मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई औपचारिक व्यवसाय र आयआर्जनमा लैजाने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताउनुभएको हो । उहाँले देशका नागरिकका लागि नागरिकता अनिवार्य विषय भए जस्तै सरकारले दिने सेवा सुविधा लिनका लागि पनि हरेकले कर दाता परिचयपत्र लिनुपर्ने बताउनुभयो । उहाँले नीतिगत व्यवस्थाका कारण अन्तरदेशीय व्यापारलाई औपचारिक गराएर पनि व्यवस्थित गर्न नसकिएको बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी सबै कामदारलाई अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्था नीति क्षेत्रका लागि मान्य नहुने बताउनुभयो । उहाँले ढुवानी सेवामा मुल्य अभिवृद्धि कर लगाउँदा दैनीक उपभोग्य वस्तुको मुल्य बढ्ने भएकाले आम उपभोक्तालाई प्रत्यक्ष असर परेकाले मुल्य अभविृद्धि करको दायरालाई हटाई सेवा कर लगाउने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा उद्योगीहरुले कर सम्बन्धी सरकारले ल्याएको नया व्यवस्थाले व्यवसाय र व्यवसायी दुवैलाई प्रभावित बनाएको गुनासो गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *