Monday, November 25, 2024
Home > मुख्य समाचार > सप्तरीमा लागुऔषध ओसारपसार गर्ने यस्तो तरिका, एक जना पक्राउ

सप्तरीमा लागुऔषध ओसारपसार गर्ने यस्तो तरिका, एक जना पक्राउ

सप्तरी । सप्तरीमा तस्करहरुले नयाँ प्रविधीको विकास गरी लागु औषध ओसार पोसार गर्ने गरेको भेटिएको छ ।

तस्करहरुले खाली ग्यास सिलिन्डको पिदमा प्वाल बनाई लकर सिस्टमको विकास गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज पत्रकार सम्मेलन मार्फत लागु औषध ओसार गर्ने सो प्रविधिको खुलासा गर्दै ती कार्यमा संलग्न एक व्यक्तिलाई सार्वजनिक समेत गरेको छ । सप्तरी प्रहरीका निमित्त प्रहरी प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्रले ग्यास सिलिन्डरको पिदमा बनाइएको प्वालबाट १ सय ४० बोतल डाइलेक्स डिसि सिरप छिराएर ग्यास भर्नका लगिदै गएको अवस्था सिलिन्डरसहित सप्तरीको राजगढका एक युवक पक्राउ परेको जानकारी दिनुभयो । यसअघि सोमबार सप्तरी प्रहरीले राजविराजबाट ठूलो परिमाणमा लागु औषधसहित एक ब्यक्तिलाई पक्राउ गरेको थियो । प्रहरीले राजदेवी चौकमा चेकजाँच गर्ने क्रममा ६ सय ३ थान विभिन्न प्रकारका लागुऔषधसहित उनलाई पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *