Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं, २५ पुष । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकार र मन्त्रीहरुलाई रुलिङ गर्नुभएको छ ।

बुधबारको बैठकको सुरुमा नै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलिको नियम २ सय १९ को उपनियम २ बमोजिम प्रधानमन्त्री तथा मन्त्रीहरुसँग प्रश्न गर्न पाउनुपर्ने व्यवस्थाको अधिकार सुरक्षित गर्न सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले सरकारलाई रुलिङ गर्नुभएको हो । शुक्रबारको बैठकमा आफुहरुलाई प्रश्न सोध्न नदिएर व्यवस्थापकिय पक्षमा सभामुखको पनि कमि कमजोरी देखिएको भन्दै सदन अवरोध गर्दागर्दै सदनको कारबाही अगाडि बढाउनु शोभनिय र परम्परा नभएकाले आगामी दिनमा त्यसो नगर्न नेपाली कांग्रेसका प्रमुख प्रमुख सचेत बालकृष्ण खाँडले आग्रह गर्नुभयो । साथै सांसदले प्रश्न सोध्ने र उनीहरुको जवापफ मन्त्रीहरुले दिने कुराको सुनिश्चित नभएसम्म बैठक संचालन हुन नसक्ने बताएपछि सभामुखले सरकारलाई रुलिङ गर्नुभएको हो । प्रतिनिधिसभाको गत शुक्रबारको बैठकमा प्रधानमन्त्रीको वक्तव्यपछि प्रश्नउत्तरको समय उपलब्ध नगराईएको भन्दै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । उनीहरुको विरोधका बाबजुद सभामुखले कार्यसुचीमा भएका कामकारवाही अघि बढाएपछि कांग्रेस सांसदहरु थप असन्तुष्ट बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *