सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ ।
आज बसेको सचिवालय बैठकले मंसिर २९ गते सचिवालय बैठक बोलाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार २९ गते बिहान ११ बजेका लागि स्थायी कमिटि बैठक बोलाइएको हो । पार्टी एकतापछि दोस्रो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघि गतवर्ष मंसिर २९ गते बैठक बसेको थियो । सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय पनि गरेको छ । यसअघि स्थायी कमिटीले गरेको निर्देशन र यसअघिका सचिवालय बैठकले गरेका निर्णहरुलाई बल पुग्ने गरि विधान संशोधनको तयारी नेकपाले गरेको हो ।
बैठकले विभिन्न जिल्लामा देखिएका संगठनात्मक समस्याहरुको आवश्यक छानबिन र समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिएको छ । नेकपाले उपनिर्वाचनको समिक्षा भने अर्को सचिवालय बैठकमा गर्ने भएको छ । श्रेष्ठले सीमा समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले माधव ुमार नेपाललाई विशेष दुत बनाएर भारत पठाउने जानकारी बैठकमा प्राप्त भएपनि त्यो विषयमा कुनै छलफल नभएको बताउनुभयो ।