Saturday, January 18, 2025
Home > मुख्य समाचार > सडकको खाडलका कारण कोशी अस्पताल अगाडि ट्रक पल्टियो

सडकको खाडलका कारण कोशी अस्पताल अगाडि ट्रक पल्टियो

विराटनगर । २२ टन धान लोड रहेको एउटा ट्रक विराटनगरस्थित कोशी अस्पताल अगाडि पल्टिएको छ ।

भारतको बिहारबाट धान लोड गरी विराटनगर आएको बि.आर.०६ जी.सी.१०९१ नम्बरको भारतीय नम्बर प्लेटको सो ट्रक सडकको बीचमा खनिएको खाडलमा परेका कारण पल्टिएको हो । निर्माण कार्यका लागि सडकको बीचमा खनिएको खाडलमा माटो राम्ररी नबसेका कारण चक्का भास्सिएर ट्रक पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । १२ चक्के सो ट्रकले स्थानिय बोहरा मिलका लागि बिहारबाट धान लिएर आइरहेको थियो । ट्रकमा २२ टन धान लोड रहेको ट्रक चालक रमेश महतोले जानकारी दिनुभयो । खाडल मज्जाले नपुरिएको र छेउछाउमा चेतावनीमूलक चिन्ह समेत नराखिएका कारण दुर्घटनामा परेको उहाँले गुनासो गर्नुभयो । दुर्घटनापछि ट्रकले कोशी अस्पताल अगाडि उत्तर पूर्वतर्फको आधा सडक ढाकेको छ । ट्रकको धान ट्रयाक्टरमार्फत ओसारिएको थियो । ट्रकका चालक र सह चालकलाई सामान्य चोटपटक लागेको छ । विराटनगरमा जारी निर्माण कार्यमा ठेकेदार पक्षले लापरबाही गर्ने गरेका कारण दिनहुँ सानातिना दुर्घटना हुनुका साथै सवारी साधन पल्टिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *