Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > संसदीय समितिले निर्माणाधिन पेट्रोलियम पाइपलाइन विस्तार र भण्डारण केन्द्रहरुको स्थलगत अवलोकन गर्ने

संसदीय समितिले निर्माणाधिन पेट्रोलियम पाइपलाइन विस्तार र भण्डारण केन्द्रहरुको स्थलगत अवलोकन गर्ने

काठमाडौं । संसदीय समितिले निर्माणाधिन पेट्रोलियम पाइपलाइन विस्तार र भण्डारण केन्द्रहरुको स्थलगत अवलोकन गर्ने भएको छ ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पेट्रोलियम पाईपलाईन विस्तार र भण्डारण केन्द्रहरुको कार्य प्रगति विवरण बुझ्न स्थलगत अवलोकनमा जाने निर्णय गरेको हो । नेपाल आयल निगमले रक्सौलदेखि अमलेखगंजसम्म पेट्रोलियम पाईनलाईन विस्तार तथा झापा, सर्लाही, चितवन र भैरहवामा भण्डारण केन्द्र स्थापनाका लागि काम सुरु गरेको छ । त्यसको यथार्थ विवरण जानकारी लिन समितिका सदस्यहरु आफै स्थलगत अवलोकनमा जाने निर्णय गरिएको समितिका सभापति विमल श्रीवास्तवले जानकारी दिनु भयो । समितिले सो स्थलगत अवलोकनको सम्पूर्ण व्यवस्था मिलाउन नेपाल आयल निगमलाई निर्देशन पनि दिएको छ ।

नेपाल आयल निगमले भण्डारण केन्द्र स्थापनाका लागि जग्गा खरिद गर्नेक्रममा ठूलो आर्थिक घोटाला गरेको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दायर गरिएको छ भने पेट्रोलियम पदार्थ पाईपलाईन विस्तारको काममा ढिलाई भईरहेको गुनासो आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *