Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > संसदीय व्यवस्थालाई विगतमा धरापमा पार्ने तत्वहरुबाट सचेत रहन आग्रह

संसदीय व्यवस्थालाई विगतमा धरापमा पार्ने तत्वहरुबाट सचेत रहन आग्रह

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय व्यवस्थालाई विगतमा धरापमा पार्ने तत्वहरुबाट सचेत रहन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

सभामुख महराले विगतमासंसदीय व्यवस्था गुमाउनु परेको क्षणको स्मरण गराउँदै अव त्यसो हुन नदिन सबै राजनीतिक दलहरुलाई सचेत गराउनुभएको हो । ६१ औं संसद दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसदीय अभ्यासलाई बलियो बनाउने काममा केन्द्रित हुन जरुरी रहेको पनि बताउनुभयो । सभामुख महराले दलहरु भित्रको अन्तरविरोध चर्काएर खेल्ने तत्वहरुबाट जोगिन पनि राजनीतिक दलहरुको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा बोल्दै पूर्व सभामुख तानानाथ रानाभाटले पूर्व सांसदहरुको सुझाव लिएर मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिन सरकारलाई सुझाव दिनु भयो । उहाँले राष्ट्रिय एकता, सामाजिक सदभावका साथ मुलुकलाई अघि बढाउन पनि सरकार गम्भिर भएर लाग्नुपर्ने बताउनुभयो ।

पूर्व सभामुख रानाभाटले दलहरुको बलियो एकताबाट मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *