Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > संविधान समय र मागअनुसार संशोधन गरिनुपर्ने भट्टराईको भनाइ

संविधान समय र मागअनुसार संशोधन गरिनुपर्ने भट्टराईको भनाइ

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संविधान समय र मागअनुसार संशोधन गरिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले संविधानमा सबैको स्वीकार्य हुन नसके जनताको असन्तुष्टिले विद्रोहको रुप लियो भने ठूलो दुर्घटना हुन सक्ने भन्दै संशोधनको मुद्दालाई छोड्न नहुने बताउनुभएको हो । उहाँले संविधान भनेको विद्यमान आर्थिक, राजनीति, सामाजिक शक्ति सन्तुलनको दस्तावेज भएकाले समय र समाज परिर्वतन संगै परिर्वतन हँुदै जानुपर्ने बताउनुभयो । लोकसेवा आयोगको विज्ञापनमा पनि संविधानको कार्यान्वनय हुन नसकेको भन्दै संविधानको व्यवस्था कार्यान्वयन गर्न नसक्दा सबैको स्वामित्व र अपनत्व कायम हुन नसक्ने बताउनुभयो ।  शासकिय र निर्वाचन प्रणालीबीच अन्तरविरोध रहेकाले त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । ठूला–ठूला भ्रष्टाचार नियन्त्रणका लागि खर्चिलो निर्वाचन प्रणालीको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नेपालको भूराजनीतिक अत्यन्तै संवेदनशील रहेकाले सही नीति अबलम्बन गर्न नसके अफगानिस्तान जस्तो द्धन्द्धमा फस्न सक्ने खतरा औल्याउनुभयो । उहाँले अमेरिकाको इण्डो प्यासिफिक, चीनको बिआरआई र भारतको हिमालयन फ्रन्टियर पोलिसीलाई ठीक ढंगले बुझेर सही व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *