Saturday, January 18, 2025
Home > मुख्य समाचार > संविधान कसैको रहर वा लहडमा संशोधन नहुने रक्षमन्त्रीको भनाइ

संविधान कसैको रहर वा लहडमा संशोधन नहुने रक्षमन्त्रीको भनाइ

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले संविधान कसैको रहर वा लहडमा संशोधन नहुने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतासमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले संविधान गतिशील दस्तावेज भएकाले यसको संशोधन हुने भए पनि त्यसलाई कसैको लहड वा रहरको भरमा भने संशोधन गर्न नसकिने अडान राख्नुभयो । संविधान दिवसको अवसर पारेर आज काठमाडांैमा आयोजित एक कार्यक्रमा बोल्दै उहाँले आवश्यकता र औचित्यका आधारमा मात्रै संविधान संशोधन हुने पनि स्पष्ट पार्नुभयो । उपप्रधानमन्त्री पोखरेलले संविधानभित्रै संशोधनको प्रावधान राखिएको उल्लेख गर्दै केहीकेही मानिसहरुले त्यसविरुद्ध वकालत गर्ने गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले संविधान हतारोमा जारी गरिएको भन्ने तर्क सैह्य नहुने चेतावनी पनि दिनुभयो । सबै राजनीतिक दलहरुको कार्यसूचि अनुसार जारी भएको संविधानलाई हतारोमा जारी गरिएको भन्नु आफैंमा खण्डनीय तर्क हुने उहाँको दाबी छ । उपप्रधानमन्त्री पोखरेलले विधि, प्रक्रियासम्मत ढंगले जारी गरिएको संविधान विभिन्न कोणबाट हतारोमा जारी गरिएको भन्ने भनाई आएको उल्लेख गर्दै आपत्ति पनि जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *