Saturday, January 18, 2025
Home > मुख्य समाचार > संविधानले वृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको प्रधानमन्त्रीको भनाइ

संविधानले वृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले वृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको बताउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको आज गृहमन्त्रालयमा बसेको बैठकमा उहाँले संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको बताउनुभएको हो । विभिन्न किसिमका स्वार्थहरुको टकरावका कारण सबैको चाहाना पूरा हुन नसकेको उल्लेख गर्दै उहाँले जिद्धी र अडानलाई छोडेर तर्कहरुलाई संविधानले सम्मान गरेको दाबी गर्नुभयो ।  उहाँले ठूलो बलिदानी र विभिन्न पक्षहरुको योगदान र तपस्यापछि मात्रै उपलब्धिको निचोडको रुपमा संविधान प्राप्त भएको उल्लेख गर्दै यस कार्यमा सहभागी संबैले प्राप्त उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त संविधानको खुसीयाली सिमित घेरामा मात्रै मनाउनु उपयुक्त नहुने भन्दै उहाँले राष्ट्रिय महोत्सवको रुपमा जनसहभागीताका साथ व्यापक र भव्यरुपमा मनाउनका लागि आवश्यक तयारी गर्न निर्देशन पनि दिनुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा बाहिर आईरहेका चर्चा परिचर्चा खण्डन गर्दै विरोधीलाई चुनौतीपूर्ण जवाफ दिनुभयो । विरोधीले आफुलाई मरिहालोस् भनेर प्रचार गरेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौती दिनुभयो । उहाँले आफू अझै १५ वर्ष मैदानमै रहने उद्घोष पनि गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *