Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > संविधानको परिधिभित्र रहेर कानुन निर्माण गर्न सांसदहरुको आग्रह

संविधानको परिधिभित्र रहेर कानुन निर्माण गर्न सांसदहरुको आग्रह

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले संविधानको परिधिभित्र रहेर कानुन निर्माण गर्न सरकारलाई सचेत गराएका छन् ।

प्रतिनिधिसभाका सांसद जनार्दन शर्माले संविधानको स्पिरिटअनुसार कानुन निर्माण गर्न सरकारलाई सचेत गराउनुभएको हो । आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उहाँले सरकारी सेवामा प्रवेश गर्ने कानुनी व्यवस्था पनि संविधानको मर्मविपरीत हुन नहुने पनि स्पष्ट पार्नुभयो । समितिका अर्का सदस्य तेजुलाल चौंधरीले तल्लो तहका जनतालाई पनि माथिल्लो तहको कर्मचारी बन्ने गरी कानुन बनाउन सरकारसँग माग गर्नुभयो । उहाँले आरक्षणको नाममा खस आर्यलाई नै बल पुर्याउने गरी लोकसेवा आयोगको परीक्षा लिने कानुनी व्यवस्था गर्न नहुने पनि स्पष्ट पार्नुभयो । समितिका सदस्यहरुले महिलाभित्र पनि समावेशी समानुपातिक ढंगले सरकारी सेवामा प्रवेश हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *