Saturday, January 18, 2025
Home > मुख्य समाचार > संविधानको धारा नै उल्लेख गरेर विधेयक ल्याउन माग

संविधानको धारा नै उल्लेख गरेर विधेयक ल्याउन माग

काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संविधानको धारा नै उल्लेख गरेर विधेयक ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
पूर्व पर्यटनमन्त्रीसमेत रहनु भएका काँग्रेस सांसद देवले संविधानको धारानै उल्लेख गरी विधेयक ल्याए त्यसमाथि प्रश्न गर्ने ठाउँ नै नरहने तर्क पनि गर्नुभयो । आज संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा पेश गरिएको ‘संघ, प्रदेश र स्थानीय तह (अन्तर सम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ माथिको दफावार छलफलमा भाग लिने क्रममा उहाँले संविधानको धारामै टेकेर विधेयक ल्याउन सके त्यसमाथिको आलोचना आफै हटेर जानेतर्फ पनि सरकारलाई सचेत गराउनुभयो ।
सत्तारुढ नेकपाका सांसद जीवन बुढाले संघ, प्रदेश र स्थानीय तहको कानुन निर्माण गर्ने सीमा निर्धारण तत्काल गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
यता, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारले ल्याएको सबै विधेयकलाई समृद्ध बनाउन खुला छलफलमा भाग लिन पनि सरोकारवाला सबै निकायलाई आग्रह गर्नुभयो ।
मन्त्री ढकालले संविधानको परिधि भित्र रहेर सरकारले विधेयकहरु ल्याउने गरेको पनि स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *