Saturday, January 18, 2025
Home > मुख्य समाचार > संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य

काठमाडौं । संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य भएको छ ।

प्रतिनिधिसभाको आजको तेश्रो बैठकमा अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउदै सभामुख कृष्णबहादुर महराले आजराती १२ बजे देखि चालु अधिवेशन स्वतः अन्त्य हुने घोषणा गर्नुभएको हो । २०७६ साल वैशाख १६ गते सुरु भएको यसअघिवेशनमा प्रतिनिधिसभा १ सय ४४ दिन चालु रहेकोमा ६० दिनमा ६५ वटा बैठक बसेका छन् । अधिवेशनमा संघीय संसदको दुवै सदनको संयुक्त बैठक २ पटक बसेको थियो । यस अघिवेशनले सरकारको नीति तथा कार्यक्रमको साथै चालु आर्थिक बर्षको बजेट छलफल पछि पास गरेको थियो । अधिवेशनमा संघीय संसदबाट जम्मा १८ वटा विधेयकहरु पारित भएका छन् । यस अधिवेशन अवधिभर प्रतिनिधि सभामा जम्मा १७ वटा सरकारी विधेयक दर्ता भएकोमा ७ वटा विधेयकहरु संघीय संसदको दुवै सदनबाट पारित भइसकेको छ । त्यसैगरी ५ वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी छ भने ४ वटा विधेयक सम्बन्धित समितिहरुमा विचाराधीन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *