Saturday, January 18, 2025
Home > मुख्य समाचार > श्रीराधाकृष्ण रथयात्रा निकालिँदै

श्रीराधाकृष्ण रथयात्रा निकालिँदै

विराटनगर । दक्षिण एशियाकै दोश्रो ठूलो रथयात्रा मानिएको विराटनगरको श्रीराधाकृष्ण रथयात्रा अबको केही समयपछि सुरु हुदैछ ।

५२ औं संस्करणको यसपटको रथयात्रामा ५ लाख बढी श्रद्धालुले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । विराटनगरको वडानम्बर १ पोखरियास्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट ८८ बर्षअघि शुरु भएको ऐतिहासिक खटयात्राले ५२ बर्षअघिबाट रथयात्राकोरुप लिएको थियो । रथ तान्नकालागि रथको अग्रभाग जुवाको दुर्वतर्फ ७५ फिट लम्बाईको डोरी राखिने गरेको छ । रथयात्राको प्रदेश प्रमुख डाक्टर गोबिन्दबहादुर तुम्बाहाङ र मुख्यमन्त्री शेरधन राईले उदघाटन गर्ने कार्यक्रम छ । विराटनगरको वडानम्बर १,२ र ३ को संगमस्थल श्रीराधाकृष्ण मन्दिरबाट निकालिने रथयात्राले मेनरोड सहित कोशीराजमार्गको विभिन्न भागको परिक्रमागर्दै साढे ४ घन्टाको समायवधिमा ७ किलोमिटरको दुरी तय गर्नेछ । रथयात्राको क्रममा श्रद्धालुहरुको अत्यधिक भीडभाड रहने गरेका कारण त्यसलाई ब्यवस्थित गर्न रथको दाँया भागमा पुरुष र बायाँपट्टिको भागमा महिलाहरुकालागि रथ तान्ने स्थान निर्धारण गरिएको छ । रथयात्रालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सुरक्षा ब्यवस्था सुदृढ बनाइएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनुभयो । रथयात्राले नगरक्षेत्रका विभिन्न ४० स्थानमा विश्राम लिने तालिका सार्वजनिक गरिएको छ । रथयात्रालाई थप भब्य र आर्कषक बनाउन हेलिकप्टरबाट १ सय किलो बढी फुल पृष्प बर्षा गर्ने कार्यक्रम समेत राखिएको छ । प्रदेश सरकारको सहयोगमा भाडामा ल्याइने हेलिकप्टरले रथयात्रा शुरु भएपछि पुष्प बर्षा गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *