Saturday, January 18, 2025
Home > मुख्य समाचार > शिक्षिकाले आधा दर्जन विद्यार्थी कुटेपछि अभिभावक आक्रोशित

शिक्षिकाले आधा दर्जन विद्यार्थी कुटेपछि अभिभावक आक्रोशित

धरानको सम्यक शिक्षा आधारभूत विद्यालयमा आधा दर्जन विद्यार्थी कुटिएपछि अभिभावक आक्रोशित भएका छन् ।

विद्यार्थीहरुले पेन्सिल तिखारेको विषयलाई लिएर विद्यालयकी शिक्षिका दीपा श्रेष्ठले कक्षा–४ मा पढ्ने विद्यार्थीहरुमाथी कुटपिट गरेकी थिइन् । कुटपिटबाट कक्षा ४ मा पढ्ने प्रतिक्षा विक, आर्यन विक, शिखा विक लगायत ५ विद्यार्थी घाइते भएका थिए । कुटपिटबाट प्रतिक्षा विकको टाउकोमा रगत बग्ने गरी चोट लागेको र आर्यन विकको हातको औलामा रगत बग्ने गरी चोट लागेको थियो । अन्य विद्यार्थीको भने विद्यार्थीको ढाड, हात लगायत शरिरमा सुम्ला तथा निलडाम बसेको थियो । पढ्नका लागी विद्यालय पठाएका आफ्ना छोराछोरी कुटिएपछि अभिभावकहरु भने आक्रोशित भएका छन् । अभिभावक कुमारी विकले आफ्नो छोरी रातभर ज्वरो आएर सुत्न नसकेको बताउनुभयो । उहाँले आफ्नो छोरीलाई पटक पटक विद्यालयकी शिक्षिका श्रेष्ठले कुटपिट गरेको दाबी गर्नुभयो । अभिभावक राजकुमार विकले गतवर्ष पनि आफ्नो छोरीमाथी कुटपिट गरेको बताउनुभयो । बारम्बार कुटपिट गर्ने शिक्षिकामाथि कारवाही गर्न उहाँले माग गर्नुभयो । आज विद्यालयका प्रधानाध्यापक सरोज श्रेष्ठ, विद्यालयका शिक्षक शिक्षिका तथा स्थानीय प्रशासन बसेर कुटपिट गरेको घटना मिलाएका छन् । तीन जना विद्यार्थीको उपचार विद्यालयले गरिदिने र विद्यार्थीले गल्ति गरे अभिभावक बोलाएर छलफल गर्ने र अबदेखि त्यस्तो घटना नदोहोरिने सर्तमा अभिभावकसँग मिलापत्र गरिएको प्रअ श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *