Saturday, January 18, 2025
Home > मुख्य समाचार > शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको भन्दै प्रतिनिधिसभा वैठकमा सरकारको आलोचना

शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको भन्दै प्रतिनिधिसभा वैठकमा सरकारको आलोचना

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसदहरुले राजधानी काठमाडौमा नै बम विस्फोटमा परि सर्वसाधरणले ज्यान गुमाईरहेको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको धारणा राखेका हुन् । उनीहरुले दुई तिहाईको दम्भ देखाउन छाडेर जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले राजधानी जस्तो स्थानमा पनि दिउँसै बम विस्फोटमा परि सर्वसाधरणको ज्यान गएको भन्दै सुरक्षाको प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद लालकाजी गुरुङ्गले पाँचथर देखि राजधानीको घट्टेकुलो सम्म श्रृंखलाबद्ध बम विस्फोट भईरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । यस्तै सांसद बहादुरसिंह लामाले सरकारले शान्ति सुरक्षा दिन नसकेको भन्दै दुई तिहाईको दम्भ नदेखाई वार्तामार्फत समस्या समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद शान्ता चौधरीले शान्ति सुरक्षाको प्रत्याभुतिका लागि ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *