Saturday, January 18, 2025
Home > मुख्य समाचार > शशांक कोइरालाको अभिव्यक्तिप्रति गगन थापाको आपत्ति

शशांक कोइरालाको अभिव्यक्तिप्रति गगन थापाको आपत्ति

काठमाडौं, ८ चैत्र । नेपाली काँग्रेसका युवा नेता गगन थापाले पार्टीका महामन्त्री शशांक कोइरालाले संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने अभिव्यक्ति दिएकोमा आपत्ति जनाउनु भएको छ ।

नेता थापाले महामन्त्री कोइरालाप्रति संकेत गर्दै पार्टी भित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरा जिम्मेवार नेताहरुले गरिरहे पार्टी ठूलो भडखालोमा जाकिने चेतावनी पनि दिनुभयो । उहाँले नेताहरुलाई पार्टी भड्खालको जाने र नेता कार्यकर्ता आफै अलमलमा पार्ने खालको अभिव्यक्ति नदिन पनि आग्रह गर्नु्भयो । आज गिरिजाप्रसाद कोइराला फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कोइरालाले लिनु भएको सहमति, सहकार्य र एकताको सुत्रलाई आत्मसात गरेर पार्टीलाई एकतावद्ध बनाउनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

कार्यक्रममा बोल्दै अर्का काँग्रेस नेता शेखर कोइरालाले सरकारले संघीयता समाप्त पार्ने काम गरिरहेको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादतर्फ उन्मुख रहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो । उहाँले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गिरिजाप्रसाद कोइरालाले खेल्नु भएको असाधारण भूमिकाको चर्चा गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *