Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > शक्तिशाली आँधी डोरिअन अमेरिका पुग्यो

शक्तिशाली आँधी डोरिअन अमेरिका पुग्यो

शक्तिशाली आँधी डोरिअन अमेरिका पुगेको छ । बहामसमा विध्वंस निम्त्याएको शक्तिशाली समुद्री आँधी डोरिअन संयुक्त राज्य अमेरिका पुगेको हो ।
डोरिअनले साउथ र नर्थ क्यारोलाइनामा ठूलो वर्षा निम्त्याएको छ । क्याटगरी टु आँधी बिस्तारै अमेरिकाको पूर्वी तटीय क्षेत्रतर्फ बढिरहेको छ । मौसमविद्हरूले केही क्षेत्रमा खतरनाक आँधीको सम्भावना औँल्याएका छन । साउथ क्यारोलाइनाको चाल्र्सटनमा दुई पटक ठूलो उचाइमा समुद्री छाल आएर गएको बीबीसीले जनाएको छ । अबका केही दिनभित्र डोरियन कमजोर हुँदै जाने अपेक्षा गरिएको छ । बिहीबार प्रतिघण्टा ११५ किलोमिटर वेगसहितको हावाहुरी चलेकोमा अहिले १०५ किलोमिटरमा झरेको छ । बहामसमा तथ्याङ्क राख्न थालिएयताकै शक्तिशाली आँधीको रूपमा सेप्टेम्बर १ तारिखमा डोरिअन प्रवेश गरेको थियो । यसअघि डोरिअनले बहामसको अबाको टापुमा हजारौँ घरमा क्षति र्पुयाएको थियो । त्यतिबेला त्यसले प्रतिघण्टा १८५ किलोमिटरको वेगसहित हावाहुरी निम्त्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *