विराटनगर । विराटनगरमा जारी दोस्रो कालुराम सुुरजमल स्मृति प्रदेश १ स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल चरणका खेल सम्पन्न भएका छन् ।
विराटनगर ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज सबै इभेन्ट्सका सेमिफाइनल चरणका खेल सम्पन्न भएका हुन् । भोलि सबै इभेन्ट्सका फाइनल खेल हुनेछ । मेन्स डबल्सतर्फ नवीन सिलवाल र चाणक्य पाठक तथा रविन सुडेन र प्रकाश राई फाइनलमा प्रवेश गरेका छन् । भेट्रान ४५ वर्षमाथि किरण प्रधान र योगश श्रेष्ठ तथा विनोद डाँगी र मिलन नेम्बाङ फाइनलमा प्रवेश गरेका छन् । त्यसैगरी भेट्रान ५५ वर्षमाथि मनोज गोविन्द लाखे र राम श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् भने उनीहरुले मणि गुरुङ र देव तामाङ तथा किरणसिंह बस्नेत र पुष्पधन शाक्यबीचको विजेतासँग उपाधि जितका लागि खेल्ने छन् ।