Saturday, January 18, 2025
Home > मुख्य समाचार > व्यवस्थामाथि कुनै खतरा छैन : अध्यक्ष दाहाल

व्यवस्थामाथि कुनै खतरा छैन : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामाथि कुनै खतरा नभएको वताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै उहांले अहिलेनै परिवर्तन र व्यवस्था प्रति कुनै खतरा नभएको उल्लेख गर्नुभयो । उहांले परिवर्तनका विरुद्ध अराजक र उच्छृंखल गतिविधि भने देखिन थालेको भन्दै त्यसको प्रतिकारगर्न सरकार र सरकारमा रहेका राजनतिक दल तथा सरकार वाहिर रहेका राजनितिकदल सहमत रहेको वताउनुभयो । उहांले संविधान र राज्य प्रणालीलाई दोष देखाएर उच्छृंखल गतिविधि गर्नेहरुलाई राजनितिक र सांस्कृतिक वहसवाट परास्त गरिने वताउनुभयो । भ्रष्ट्राचार नियन्त्रणमा सरकार सफल हुदै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले मुलुकमा चांडै देखिनेगरि विकास निर्माणले गति लिने र सुशासन कायम हुने उल्लेख गर्नुभयो । पार्टी भित्र सरकारको कामको समिक्षा भइरहेको भन्दै उहांले सरकारले कामनै नगरेको भन्ने विषयमा प्रचारवाजी मात्र गरिएको र त्यसमा सत्यता नभएको दाबी गर्नुभयो । उहांले गतवर्ष मौलिक हक सम्वन्धि कानुन वनेको, विकास निमार्णको कामले तिव्रता पाईरहेको तथा पेट्रोलियम पदार्थ ल्याउनकालागि पाइप लाइन विस्तार लगायतका महत्वपूर्ण कामहरु भएको बताउनुभयो । मुलुकको आर्थिक वृद्धिदर समेत वढेको अवस्थामा सरकारले केहि गरेन भनेर आत्तिहाल्नुपर्ने अवस्था नरहेको उहांको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *