Saturday, January 18, 2025
Home > मुख्य समाचार > विवेकशील साझा पार्टी फुट्यो

विवेकशील साझा पार्टी फुट्यो

काठमाडौं, २७ पुष । वैकल्पिक शक्तिका उद्देश्यका साथ अगाडि बढेको विवेकशील साझा पार्टी विभाजित भएको छ ।

पार्टीको उज्वल थापा समूहका १६ सदस्यले विवेकशील नेपाली दल नाम माग गर्दै नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । निवेदन दिनेमा संयोजक थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्ट श्रेष्ठ, रमेश पौडेल, सुवुना भट्ट, डा. अंशु थापा लगायत रहेका छन् । संयोजक रबिन्द्र मिश्र र थापाबीच पार्टीको आगामी रणनीति, नेतृत्वको भूमिका लगायतका विषयमा पार्टीभित्र मतभेद चुलिएको थियो । पुस ३० गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठक अघि पार्टी सदस्यहरु स्पष्ट रुपमा मुलतः रबिन्द्र मिश्र र उज्वल थापा गुटमा विभाजित देखिएका थिए । मूल्य मान्यताको राजनीति र सुसंस्कृत राजनीतिबाट पार्टी मोडिएको आरोप लगाउँदै उज्वल थापा समूह टुक्रिएको हो । संयोजक थापाले पार्टीमा बुझाएको समीक्षा प्रतिवेदनलाई रविन्द्र मिश्र समूहले वेवास्ता गरेर उनीहरुलाई अल्पमतमा पार्न ६ केन्द्रीय सदस्य थप गर्न लागेपछि पार्टी फुटको संघारमा पुगेको हो । मिश्र र उनीपक्षका नेताहरुले मात्रै पार्टीमा शक्तिको प्रयोग गरिरहेका र विवेकशीलबाट आएकाहरुलाई कुनै पनि जिम्मेवारी नदिइएको थापा पक्षधरको आरोप छ । उज्वल थापाले नेतृत्व गरिरहेको विवेकशील नेपाली र रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी एकीकरण भई गतवर्ष विवेकशील साझा पार्टी निर्माण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *