Saturday, January 18, 2025
Home > मुख्य समाचार > विरामीको मृत्यु भएपछि विराटनगरस्थित विराट नर्सिङ होममा तनाव

विरामीको मृत्यु भएपछि विराटनगरस्थित विराट नर्सिङ होममा तनाव

विराटनगर । उपचारको क्रममा विरामीको मृत्यु भएपछि विराटनगरस्थित विराट नर्सिङ होममा तनाव उत्पन्न भएको छ ।

उपचारको क्रममा प्रसुती गराउन गएकी महिलासँगै नवजात शिशुको मृत्यु भएपछि त्यहाँ तनाव उत्पन्न भएको हो । चिकित्सकको लापरवाहीका कारण महिलाको मृत्यु भएको दाबी गर्दै मृतक पक्षका आफ्न्तले अस्पताल परिसरमा नारावाजी गरेका छन । उनीहरुले उपचारमा लापरवाही गर्ने चिकित्सकलाई तत्काल नियन्त्रणमा लिई छानबिन गर्नुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका छन । मृतकका श्रीमान भुपाल घिमिरेले पाठेघरको अप्रेशनको क्रममा लापरवाही गरिएका कारण श्रीमती रमिलाको मृत्यु भएको दाबी गर्नुभएको छ । गएको ११ गते प्रसुतीकालागि टंकीसिनवारीस्थित विराट टिचिङ अस्पतालमा भर्ना भएकी दुहबी ८ रनिगाँउकी २० बर्षिय रमिला कार्की घिमिरेले सोहि अस्पतालमा सामान्य अवस्थामै शिशुलाई जन्म दिएकी थिईन । जन्मिए लगत्तै शिशुको मुटु धडकन अनियन्त्रित रहेको बताउदै चिकित्सकहरुले त्यहीं भेन्टीलेटरमा राखेर उपचार शुरु गरेका थिए भने सुत्केरी भएको केहि घन्टापछि ब्लीडिङ नरोकिएका कारण रमिलाको पाठेघरको अप्रेशन गरिएको थियो । टंकिसिनवारीस्थित टिचिङ अस्पतालमा उपचार सम्भव नभएपछि रमिलालाई विराट नर्सिङ होममा भेन्टीलेटरमा राखिएको थियो । हिजो सांझ रमिला र नवजात शिशुको समेत मृत्यु भएको अस्पतालले घोषणा गरेपछि मृतक पक्ष लापरवाही गर्नेलाई कारवाहीको मागगर्दै प्रर्दशनमा उत्रिएका हुन । अस्पतालका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले भने उपचारमा कुनै प्रकारको लापरवाही नभएको दाबी गर्नुभएको छ । उपचारका बिषयमा चित्त नबुझे कानुनी उपचारको बाटो खुला रहेको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *