Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगर–रानी सडकखण्डमा अपाङता भएका ब्यक्तिहरुको धर्ना

विराटनगर–रानी सडकखण्डमा अपाङता भएका ब्यक्तिहरुको धर्ना

विराटनगर । अपाङता भएका ब्यक्तिहरुले विराटनगर–रानी सडकखण्डमा धर्ना दिएका छन् ।

ह्वील चेयरमा सिमाबर्ती बजार जोगबनीबाट खाद्यान्न ल्याई विराटनगरमा विक्री गरेर जीवनयापन गर्दै आएका ह्वील चेयर प्रयोगकर्ताहरुले धर्ना दिएका हुन । जोगबनीबाट सामान ल्याउन अवरोध गरिएको भन्दै उनिहरु आन्दोलनमा उत्रिएका हुन् । उनिहरुले आज बिहान साढे ११ बजे प्रदेश १ का मुख्यमन्त्री कार्यालय दक्षिणतर्फ रहेको सोमबारे हाट जाने मोडमा धर्ना दिएका थिए । सो क्रममा ह्वील चेयर प्रयोगकर्ताहरुले राजमार्गमा ह्वील चेयर तेर्सा्याएर मध्य सडकमै धर्नामा बसेका थिए ।  एक दर्जन बढीको संख्यामा रहेको उनिहरुले सडकमै धर्ना दिएपछि जोगबनीतर्फबाट विराटनगर आउने र विराटनगरबाट रानीतर्फ जाने सवारी साधनलाई केहिबेर अवरोध पुगेको थियो । धर्नामा बसेका अपाङ्ता भएका ब्यक्तिहरुले आफुहरुलाई कि त जोगबनीबाट सामान ओसार्न दिनुपर्यो कि त रोजगारीको ब्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

राजमार्गमा धर्ना बसेका कारण सडक अवरुद्ध भएपछि पुगेको प्रहरीले सडक खाली गराएको थियो । सिमाबर्ती जोगबनी बजारबाट दैनिक डेढ दर्जन बढी ह्वील चेयर प्रयोगकर्ताहरुले स्न्याक्स आइटम सहित बिस्कुट र खाद्यान्न ओसार्दै आएका छन । विराटनगरमा बजारमा ती सामाग्रिको बिक्री गरेर भएको आम्दनीबाट उनिहरुले आफु सहित परिवारको भरणपोषण गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *