Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगर–रंगेली सडक खण्डस्थित लोहन्द्रा खोला माथिको पुल जोखिममा

विराटनगर–रंगेली सडक खण्डस्थित लोहन्द्रा खोला माथिको पुल जोखिममा

मोरङ । अविरल बर्षापछि आएको बाढीका कारण विराटनगर–रंगेली सडक खण्डस्थित लोहन्द्रा खोला माथिको पुल जोखिममा परेको छ ।

खोलामा बाढी आएपछि आज बिहान सो पुलमाथिबाट पानी बगेको थियो । खोलाको जलस्तर बढ्नुका साथै बाढीले बगाएर ल्याएको रुख ,काठ र झारहरु पुल मुनि अडकिएपछि पानी ओभर फ्लो भएको स्थानीयले बताएका छन । बाढीले बगाएर ल्याएको रुखहरुका कारण पुल मुनिको भाग थुनिने क्रम बढेपछि पुल बग्ने खतरा बढेको छ । पुल थुनिन नदिन एस्काभेटर प्रयोग गरेर सफा गरिंदै छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक कविन्द्र कार्कीको नेतृत्वमा पुगेको टोली र स्थानियबासीले संयुक्तरुपमा पुलमुनि अडकिएका रुख तथा झार हटाउन जुटेका छन । मोरङको जहदा गांउपालिका–४ मा पर्ने सो पुल जीर्ण भएको भन्दै यसअघिदेखी नै स्थानियवासीले पुर्ण निर्माणको माग गर्दै आएका छन । पुल जोखिमपुर्ण अवस्थामा रहेपनी आउजाउ भने रोकिएको छैन । सवारीसाधन र पैदलयात्रु समेत जोखिम मोलेरै पुल आरपार गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *