Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगर महानगरपालिकाले ल्यायो ५ अर्ब १२ करोडभन्दा बढीको बजेट

विराटनगर महानगरपालिकाले ल्यायो ५ अर्ब १२ करोडभन्दा बढीको बजेट

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि ५ अर्ब १२ करोडभन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

महानगरले उल्लेखित अनुमान रकममध्ये आन्तरिक स्रोतबाट रु.५९ करोड ९८ लाख १५ हजार, राजश्व बाँडफाँटबाट रु.७२ करोड ८४ लाख ७० हजार, संघीय संघीय र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान रु. ४७ करोड ८४ लाख ७० लाख, संघीय सरकार शःशर्त अनुदान विषयगत कार्यालयतर्फ रु. ५८ करोड ८९ लाख, नेपाल सरकार समपूरक र विशेष अनुदान रु. १२ करोड ५० लाख, संघीय सरकार शःसर्त अनुदान रु. ३९ करोड ५० लाख, वैदेसिक र अन्य संघसंस्था अनुदान रु. २ करोड ३२ लाख ४० हजार, जनसहभागिताबाट ४ करोड ३५ लाख ४४ हजार, नगर विकास कोष ऋण सहयोग ११ करोड ५० लाख, साथै आन्तरिक आय वृद्धिबाट रु. २० करोडसमेत जम्मा गरी रु. ३ अर्ब २९ करोड ४९ लाख आय आर्जन हुने अुमान गरिएको छ ।  विनियोजन हुने कूल खर्च रु.५ अर्ब १२ करोड ३० लाख ९० हजारमध्ये महानगरको तर्फबाट प्रशासनिक खर्चका लागि रु. ६४ करोड ९२ लाख छ । यो रकम कूल अनुमानको १९ दशमबल ७० प्रतिशत हो । महानगरले भौतिक पूर्वाधारका लागि परियोजनाबाहेक रु. २ अर्ब ५ करोड ३९ लाख अर्थात ६२ दशमलब ३४ प्रतिशत, वातावरण तथा सरसफाइ, विपद् व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन, सहकारी व्यवस्थापन,पशु स्वास्थ्य व्यवस्थापन तथा कृषि तथा खेलकुद, स्वास्थ्य कार्यक्रमको लाग रु. १२ करोड ९५ लाख र सामाजिक विकास, महिला तथा बालबालिका कार्यक्रमको लागि रु. ३४ करोड ३८ लाख विनियोजन गरेको छ ।

बजेटमा भौतिक पूर्वाधार निर्माण तथा सामाजिक क्षेत्रको बजेट विनियोजनलाई प्राथमिकीकरण गरिएको छ । वीरेन्द्र सभागृहको पुनर्निर्माण, तारणिप्रसाद कोइराला सञ्चारग्राममा महानगर रेडियो सञ्चालन, विराट राजाको दरबार क्षेत्रको संरक्षण, तीन वर्षभित्र जीर्ण खानेपानी पाइप विस्थापन र नयाँ जडान, १५ लाखभन्दा माथिका वडा तथा नगरस्तरीय योजनाहरु टेण्डर प्रक्रियाबाट निर्माण गर्न प्राथमिकता गर्ने, कृषियोग्य जमिन बाँझो राख्न नदिने कार्यक्रमलाई प्राथमिकता दिइएको छ । महानगरको नगरसभाको उद्घाटन प्रदेश १ का प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोबिन्दबहादुर तुम्बाहाङले, प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्की, नेकपाका नेता बाबुराम कार्की लगायतले बजेट, नीति तथा कार्यक्रम सबै पक्षलाई समेटेर आएको र यसको कार्यान्वयनमा सबै पक्ष मिलेर लागेमा विराटनगर महानगरपालिका समृद्ध र विकास हुने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *