Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगर गुद्रीबजारस्थित सब्जीमण्डी खाली गर्न सुचना जारी गरेपछि स्थानीय ब्यापारीको बिरोध

विराटनगर गुद्रीबजारस्थित सब्जीमण्डी खाली गर्न सुचना जारी गरेपछि स्थानीय ब्यापारीको बिरोध

विराटनगर महानगरपालिकाले विराटनगर गुद्रीबजारस्थित सब्जीमण्डी खाली गर्न सुचना जारी गरेपछि स्थानीय ब्यापारीले बिरोध जनाएका छन् ।

सब्जी मण्डी खाली गर्ने सूचनाको बिरोध गर्दै ब्यापारीहरुले बिरोध र्याली निकालेका छन् । तरकारी फलफुल तथा माछामासु थोक तथा खुद्रा ब्यवस्थापन संघर्ष समितिले आज संयुक्तरुपमा र्याली निकाल्दै बिरोध जनाएका हुन् । गुद्री बजारबाट निकालिएको र्यालीले महेन्द्रचोक, ट्राफिकचोकसहित मेनरोडका विभिन्न क्षेत्रको परिक्रमा गर्दै सब्जीमण्डी स्थलमै गएर समापन भएको थियो । विराटनगर महानगरपालिकाले गएको मंसिर ५ गते ३५ दिने सूचना जारी गर्दै सब्जीमण्डी खाली गरेर कटहरी–१ मा निर्माण गरिएको कृषि बजारमा स्थानान्तरण गर्ने जनाएपछि ब्यापारीहरु विरोधमा उत्रिएका हुन् । कटहरीमा निर्माण गरिएको कृषि बजार उपभोक्ता र ब्यवसायी दुवैका लागि अपायक रहेका कारण आफुहरुले बिरोध गर्नुपरेको सब्जी मण्डी तथा गुद्री बजार ब्यवस्था समितिका सचिव साहब अहमद गुड्डुले दाबी गर्नुभयो ।

विराटनगर–९ को गुद्रीबजारमा विगत ३२ बर्ष अघिदेखी खुद्रा तथा थोक सब्जी, माछामासु र फलफुल ब्यवसायीले पसल संचालन गर्दै आएका छन । त्यहाँको १० कट्ठा क्षेत्रफलमा ३ सय ५० बढी ब्यापारीले ब्यवसाय संचालन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *