Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > विराटनगरमा स्थानीय तहको पदाधिकारीबीच सुशासन सम्वन्धी अन्तरक्रिया

विराटनगरमा स्थानीय तहको पदाधिकारीबीच सुशासन सम्वन्धी अन्तरक्रिया

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पारदर्शिता र जवाफदेहिता सहितको सुशासन आजको आवश्यकता भएको वताउनुु भएको छ ।

विराटनगरमा आज आयोजित स्थानीयतहको पदाधिकारी बीच सुशासन सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले सेवा प्रवाहमा सुशासनको अनुभूति प्रत्येक नागरिकले पाउनुपर्नेमा जोड दिनुभयो । विकास र समृद्धि लागि सुशासन पहिलो शर्त भएकाले विकास निमार्णका योजना वनाउदा तथा सेवा प्रवाह गर्दा सुशासनको अनुभुति नागरिकले गरेका छन वा छैन त्यसतर्फ ध्यान जानुुपर्ने वताउनुभयो । निति निमार्ण वजेट निमार्ण तथा विकासको योजना वनाउदा पनि सुशासनमा ध्यान पुर्याउनु जरुरी रहेको उहाँको भनाई थियो ।

मुख्यमन्त्री राईले प्रदेश १ मा सुशासन कायम गर्न प्रदेश सरकारले भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाएको भन्दै भष्ट्रचार गर्ने छुट कसैलाई नभएको वताउनुभयो । कार्यक्रमा वोल्दै सामाजिक विकास मन्त्री जिवन घिमिरे आफनो घरपरिवार भित्रवाट सुशासन कायम गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा अमेरिकन दुतावासको नेपालका निर्देशक शुलभ भट्ट ,उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरे लगायतले सुशासनको महत्व माथि प्रकाश पार्नु भएको थियो । अमेरिकन दुतावास,उद्योग वाणिज्य महासंघ तथा उद्योग संगठनको आयोजनमा भएको तिन दिने कार्यक्रममा प्रदेश नं १ र २ का स्थानीय तहका उपप्रमुख तथा स्थानीय तहका प्रतिनिधीहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *