Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > विराटनगरमा लैगिंक हिंसा विरुद्धको कार्यक्रम

विराटनगरमा लैगिंक हिंसा विरुद्धको कार्यक्रम

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत आज बिहान विराटनगरमा प्रभात फेरी निकालिइएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले महिला हिंसा विरुद्धको नारा समानताको पुस्ता बलात्कार विरुद्ध ऐक्यबद्धता बाचन गर्दे अभियानको सुभारम्भ गर्नु भएको थियो । अभियानको सुभारम्भ पछि सामाजिक विकास मन्त्रालयबाट निकालिइएको र्याली उच्च अदालत,सिडियो कार्यालय , गोल्छा चौक हुदै नमस्कार होटल अगाडि आएर कोण सभामा परिणत भएको थियो । र्यालीमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, उपसमाभसख सरस्वती पोखरेल, विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाका प्रतिनिधि तथा सुरक्षा निकायको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रदेश १ का उपसभामुख सरस्वती पोखरेलले अहिले पनि महिला हिंसाका घटनामा कमी नआएको बताउनु भयो । उहाले महिलाहरु आर्थिक रुपमा सवल नबनेसम्म हिंसाका घटनाका कमी नआउने बताउनु भयो ।  कार्यक्रममा सामाजिक विकास मन्त्री घिमिरेले नयाँ नेपाल निर्माणको क्रममा रहेकाले सभ्य समाज बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।

अभियान अन्तर्गत २४ गतेसम्म विभिन्न कार्यक्रम संचालन गर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *