Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगरमा बाढीका कारण १ सय बढी घरपरिवार बिस्थापित

विराटनगरमा बाढीका कारण १ सय बढी घरपरिवार बिस्थापित

विराटनगर । बिराटनगरस्थित सिंघिया खोलामा आएको बाढीका कारण १ सय बढी घरपरिवारका मानिस बिस्थापित भएका छन ।

केही दिनयता लगातार परेको पानीका कारण खोलामा आएको बाढी घरमा पसेपछि विराटनगरका वडानम्बर १ र २ का सुकुम्बासी परिवार विस्थापित हुनपरेको हो । बिहिबार बिहान बाट बढदै गएको खोलाको जलस्तरले राती बाढीको रुप लिएको थियो । बाढीका कारण विराटनगर–१ सिंघीया खोला किनारमा रहेको गंगा टोल र वडानम्बर २ पुर्वटोलका सुकुम्बासी परिवारको घर डुबान भएको हो । गंगा टोलमा ८५ परिवार र पुर्वटोलमा ७५ परिवार सुकुम्बासी परिवारको बसोबास छ । ती टोलहरुका अधिकांश घरहरुमा बाढीको पानी प्रवेश गरेको छ । बाढीको पानी प्रवेश गरेपछि पीडितहरु घरमा संचित गरिएका खाद्यान्न,बस्तुभाउ र बालबच्चा सहित सुरक्षित स्थानतर्फ लागेका छन । केहि बाढी पीडितहरुले आफ्न्तकोमा शरण लिएका छन भने केहिले सुरक्षित स्थानमा पाल टांगेर आश्रय लिएका छन । खाना पकाउने बन्दोबस्ती नभएका कारण पीडितहरु भोकभोकै बस्न बाध्य भएका छन । घरहरु डुबान हुंदा समेत उद्धारकर्मीको टोली नआएका कारण घरभित्र भएका सम्पूर्ण सामान निकाल्न नसकेको पीडितहरुले गुनासो गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *